-राजेन्द्र प्रसाई, क्यानडा

ने. सा. स. हाम्रो फाँटमा !

ने.सा.स. हाम्रो फाँटमा,
नयाँ छ रोप्नु सिर्जना !
किसान कलम कर्मी हो,
बटुली बीउ नयाँ नयाँ !!

कतै प्रबन्ध निबन्ध,
कथा कविता गायन !
एकांकी नाटक मन्चन होस् ,
छाँउन् उपन्यास नयाँ नयाँ !!

फली पसीना फाँटमा,
झुलेर बाला अन्नका !
उज्यालिउँन् ती चेहरा,
अभाव बस्ती बस्तीका !!

उठौं उठौं है यात्री हो,
खुलेर पूर्व लाल भो !
सम्हाल सातु सामल,
पुग्नुछ मन्जिल दूर जो !!

अहं आडम्बर रोग जो,
दुस्वप्न चक्नाचुर होस् !
आलस्य काल-रात्रीको,
कहर कष्ट दूर होस् !!
ने.सा.स. हाम्रो फाँटमा …!

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here