केशब मोहन अधिकारी

मान्छेहरु

उनीहरूका महलका झ्यालहरू खुल्छन् महलको माथिल्लो तलामा
जहाँबाट तलको बस्तीका मान्छेहरू साना देखिन्छन्—
कमिलाजस्तै किरा फट्यांग्राजस्तै,

कोतरीएका काला फुस्रा धुलाम्य सडक
फुस्रा ठेला र धुलोका च्यादर ओडेका बाहनहरु

माईक्रोबसको बट्टाभित्र सलाईको काटीजस्तै कोचिएका
बिद्यार्थीहरु, मजदुरहरु, बिरामीहरु, कुरुवाहरु
र सदाबहार यायावरहरु

र तिनका साक्षी
सडक छेउको फुस्रा घारीमा डिफल्ट फुल्दै झर्दै गरेका
अज्ञात फुलहरु,

यिनै थिए
हिजोसम्म जिन्दाबाद र मुर्दाबादको राग अलप्नेहरु

यिनै थिए
बारुद बोक्नेहरु, एम्बुस थाप्नेहरु, गोली पचाउनेहरु

र यिनै थिए
उनिहरुले बिछ्याएको शब्दजाल र अल्गोरिदमको
बिष्फोटले भिज्नेहरु,

प्रस्ट छ अझै पनि
यिनीहरुको कन्तबिजोग नै
झ्यालबाट हेर्नेहरुको समृद्दीको आधार हो

यिनीहरुको चल्ला अस्तित्व नै
उनीहरुको बाज अस्तित्वको जग हो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here